१७ भाद्र २०८३, बुधबार

एभरेष्ट बैंकद्वारा भोटेकोशी विपद प्रभावितका लागि ३ करोड ११ लाखभन्दा बढी सहयोग

ड्रागन मिडिया सम्वाददाता

एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा आर्थिक सहयोग उपलब्ध गराएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ तथा कर्मचारीहरूको तर्फबाट संकलित ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

नगद सहयोगका अतिरिक्त बैंकका कर्मचारीहरूको सक्रियतामा संकलित अत्यावश्यक राहत सामग्रीसमेत सम्बन्धित निकायमार्फत विपद प्रभावित क्षेत्रमा वितरणका लागि हस्तान्तरण गरिएको छ।

बैंकले विपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्थानीय तह र सहयोगीप्रति आभार व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button