१७ भाद्र २०८३, बुधबार

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छन्। युनियनको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनअन्तर्गत मंगलबार भएको निर्वाचनमा तिवारी ५५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएकी हुन्।

उनका प्रतिस्पर्धी दीपक घिमिरेले ४४ मत प्राप्त गरे। तिवारी र घिमिरे यसअघि युनियन रुपन्देहीको उपाध्यक्ष थिए। सोमबार शुरु भएको अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापति र सचिव पदका लागि मंगलबार मतदान भएको थियो।

सचिवमा राम भण्डारी निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी आचार्य प्रदीपलाई एक मतले पराजित गरे। भण्डारीले ५० र आचार्यले ४९ मत प्राप्त गरेका थिए।

अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक जीवनारायण अधिकारीले जानकारी दिए। उपाध्यक्षमा रमेश अर्याल खुला, सीता गौतम बराल महिला र तिलक सुवेदी समावेशीतर्फ चयन भएका छन्। कोषाध्यक्षमा कल्पना शर्मा तथा सहसचिवमा सृष्टि अधिकारी भुसाल र बसन्तराज बराल चयन भएका छन्।

कार्यसमिति सदस्यमा सन्तकुमार श्रेष्ठ र नवीन राना निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button