१७ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा रसुवा बाढीबारे जानकारी दिने

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै रसुवा बाढी र त्यसपछिको अवस्थाबारे जानकारी दिने भएका छन्।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शाहले रसुवा तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षति, खोज तथा उद्धार, राहत र सरकारका पछिल्ला प्रयासबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्य, बेपत्ताको खोजी, घाइतेको उपचार, विस्थापितको व्यवस्थापन र क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनाबारे संसदलाई जानकारी गराउने अपेक्षा गरिएको छ।

आजको बैठकमा भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिसम्बन्धी विशेष प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button