१७ भाद्र २०८३, बुधबार

केरुङ बाढीमा ज्यान गुमाएकाको सम्झनामा शोकसभा, ५४६ जना अझै बेपत्ता

ड्रागन मिडिया समाचार कक्ष

हिमपहिरोका कारण चीनको लेन्दे खोलामा गत बुधबार आएको प्रलयकारी बाढीले तिब्बती सीमानाका केरुङको अध्यागमन तथा भन्सार क्षेत्रमा मच्चाएको विनाशमा ज्यान गुमाएकाको सम्झनामा शोकसभा आयोजना गरिएको छ।

जिलोङ सुख्खा बन्दरगाह रहेको क्षेत्र, सिगात्से सार्वजनिक सुरक्षा ब्युरोको शाखा कार्यालय तथा उद्धारस्थलमा छुट्टाछुट्टै शोकसभा आयोजना गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। शोकसभामा उद्धारकर्मी, स्थानीय अधिकारी तथा सर्वसाधारण सहभागी भएका थिए।

सहभागीहरूले मौनधारण गर्दै विपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। व्यापक जनधनको क्षति भएको क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकै बेला मृतकको सम्झनामा शोकसभा गरिएको हो।

चिनियाँ पक्षको पछिल्लो विवरणअनुसार केरुङ क्षेत्रमा आएको उक्त विपदमा १६ जनाको मृत्यु पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता छन्। घटनापछि चिनियाँ उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button