१७ भाद्र २०८३, बुधबार

चीनको आबामा ‘वर्ल्ड रुफ कप’ बास्केटबल प्रतियोगिता शुरु, विजेतालाई एक लाख २० हजार युआन पुरस्कार

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिचुवान प्रान्तस्थित आबा काउन्टीमा सन् २०२६ को ‘वर्ल्ड रुफ कप’ आमन्त्रण बास्केटबल प्रतियोगिता शुरु भएको छ। आबा काउन्टीको खेलकुद भवनमा आयोजित प्रतियोगितामा विभिन्न क्षेत्रका बलिया क्लब तथा विश्वविद्यालय टोली सहभागी भएका छन्।

प्रतियोगितामा कान्लो एम२, स्नोल्यान्ड इगल्स, सिचाङ ५१०० बियर, ह्वाछ्याओ विश्वविद्यालयलगायत प्रान्तभित्र र बाहिरका विभिन्न क्लब तथा उच्च शिक्षण संस्थाका टोली सहभागी छन्। प्रतियोगिताको विजेता टोलीले एक लाख २० हजार युआन पुरस्कार प्राप्त गर्नेछ।

उच्च भूभागमा आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरूले तीव्र गतिका आक्रमण, प्रतिरक्षा र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरिरहेका छन्। आयोजकका अनुसार उच्च उचाइको वातावरणका बाबजुद टोलीहरूले उत्कृष्ट शारीरिक क्षमता, समन्वय र प्रतिस्पर्धात्मक भावना देखाएका छन्।

ह्वाछ्याओ विश्वविद्यालयका खेलाडी को यौछेङ पहिलोपटक आबा पुगेका हुन्। उनले आबाको प्राकृतिक दृश्य सुन्दर रहेको र स्थानीय बास्केटबल दर्शक अत्यन्त उत्साही रहेको बताएका छन्। आफ्नो टोलीले आबाका दर्शक तथा बास्केटबलप्रेमीसमक्ष संघर्षशील भावना र उत्कृष्ट खेल प्रदर्शन गर्ने लक्ष्य राखेको उनको भनाइ छ।

आयोजकका अनुसार ‘वर्ल्ड रुफ कप’ केवल उच्चस्तरीय बास्केटबल प्रतियोगिता मात्र नभई स्थानीय सांस्कृतिक आदानप्रदान, सर्वसाधारणको खेलकुद तथा सांस्कृतिक जीवन समृद्ध बनाउने र आबाको उच्चभूमि खेलकुद पहिचानलाई प्रवर्द्धन गर्ने माध्यम पनि हो।

सात दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ३ को साँझ आबा काउन्टी खेलकुद भवनमा हुने तय गरिएको छ। प्रतियोगितामार्फत उच्चभूमि क्षेत्रमा बास्केटबलको लोकप्रियता विस्तार गर्नुका साथै खेलकुद, पर्यटन र स्थानीय सांस्कृतिक गतिविधिबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button