रास्वपा केन्द्रीय सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बिहान १० बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’मा सुरु हुने तय भएको छ।
बैठकमा मुलुकको पछिल्लो तथा समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिनेछ। पछिल्ला राजनीतिक घटनाक्रमप्रति पार्टीको धारणा र भूमिकाबारे पनि छलफल हुने बताइएको छ।
त्यसैगरी पार्टीको आगामी रणनीति, भावी कार्ययोजना तथा साङ्गठनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरी आवश्यक निर्णय लिइने जनाइएको छ।





