१८ भाद्र २०८३, बिहीबार

नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा भोटेकोशी बाढीपीडितका लागि ६ लाख एक हजार सहयोग

ड्रागन मिडिया सम्वाददाता

नेपालगञ्ज उद्योग वाणिज्य संघले रसुवा–भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि छ लाख एक हजार रुपैयाँ प्रदान गरेको छ।

संघले आफ्नो कोषबाट एक लाख ५१ हजार रुपैयाँ तथा निर्वाचित सम्पूर्ण कार्यसमितिका तर्फबाट चार लाख ५० हजार रुपैयाँ गरी कुल छ लाख एक हजार रुपैयाँ सहयोग गरेको हो।

सहयोग रकमको चेक बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको संघले जनाएको छ।

संघले भोटेकोशी बाढीबाट धेरै परिवारले आफन्त, घरबार र सम्पत्ति गुमाउनुपरेको कठिन अवस्थामा पीडित नागरिकको दुःखमा केही भए पनि साथ दिन मानवीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाएको छ।

विपदबाट भएको क्षति अपूरणीय भए पनि राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक तहबाट हुने सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास संघले व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button