त्रिशूली ३ ‘ए’ को सुरुङबाट बाढीको दशौं दिनमा एक जनाको जीवितै उद्धार

ड्रागन मिडिया सम्वाददाता
त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ।
आज सुरुङभित्रबाट सञ्जय साहको जीवितै उद्धार गरिएको हो। भदौ १० गते आएको बाढीपछि सुरुङमा फसेका उनको दशौं दिनमा उद्धार भएको हो।
बाढीका कारण उक्त सुरुङभित्र अन्य व्यक्तिसमेत फसेको हुनसक्ने अनुमान गरिएको छ। सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।






