कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि नयाँ ट्रयाक खोल्ने काम तीव्र

ड्रागन मिडिया सम्वाददाता
त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको कृष्णभीरस्थित पृथ्वी राजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्रयाक खोल्ने काम शुरु गरिएको छ।
गत भदौ १० गते र त्यसपछिको बाढीले सडकको ठूलो हिस्सा कटान गरी बगाएपछि उक्त स्थानमा राजमार्गको सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। सडक टुटेपछि सवारी आवागमन ठप्प भएको छ।
सडक विभाग र सम्बन्धित निकायले राजमार्ग पुनः सञ्चालनमा ल्याउन वैकल्पिक ट्रयाक खोल्ने कामलाई तीव्रता दिएका छन्। नयाँ मार्ग तयार गरी सकेसम्म चाँडो राजमार्ग पुनः जोड्ने प्रयास भइरहेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म एक हजार २०० जनाको शव फेला परेको छ भने चार हजारभन्दा बढी अझै सम्पर्कविहीन रहेको जनाइएको छ।





