भोटेकोशी बाढीका ४८ घाइते उपचारपछि डिस्चार्ज, २५ जनाको उपचार जारी

ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँका अनुसार अस्पतालमा ल्याइएका ७४ घाइतेमध्ये ४८ जना उपचारपछि घर फर्किएका हुन्।
हाल अस्पतालमा २५ जनाको उपचार भइरहेको छ। उपचाररत बिरामीमध्ये दुई जनालाई आईसियु र दुई जनालाई हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा. सेढाईँले जानकारी दिए।
यसैबीच, अस्पतालमा ल्याइएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन्।





