२० भाद्र २०८३, शनिबार

माथिल्लो त्रिशूली–१ को सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई भेट्न अस्पताल पुगे राजदूत चाङ माओमिङ

ड्रागन मिडिया सम्वाददाता

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको दूतावास टोलीले भेट गरेको छ।

राजदूत चाङ नेतृत्वको टोली छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर उद्धार गरिएका चिनियाँ नागरिकको स्वास्थ्य अवस्था तथा भइरहेको उपचारबारे जानकारी लिएको चिनियाँ दूतावासले जनाएको छ।

शनिबार माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङबाट ती चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनी आयोजनाको सुरुङभित्र थुनिएका थिए।

लामो समय सुरुङभित्र फसेका उनलाई उद्धारपछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल लगिएको थियो। चिनियाँ दूतावासले उनको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button