भोटेकोशी विपदपछि नेपाललाई चीनको मौसम तथा स्याटेलाइट सहयोग विस्तार
ड्रागन मिडिया समाचार कक्ष
चीनले भोटेकोशी बाढी तथा पहिरोपछि नेपाललाई सीमापार विपद अनुगमन, पूर्वसूचना र आपत्कालीन प्रतिकार्यमा सहयोग पुर्याउन मौसमसम्बन्धी स्याटेलाइट तथ्याङ्क तथा विशेष सेवा उपलब्ध गराउन थालेको छ।
चीन मौसम विज्ञान प्रशासनका अनुसार नेपालको आवश्यकताअनुसार चीनको कृत्रिम बुद्धिमत्तामा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’ मार्फत बहुश्रोत स्याटेलाइट तथ्याङ्क तथा फेङयुन–३ र फेङयुन–४ श्रृंखलाका मौसम स्याटेलाइटबाट प्राप्त विभिन्न उत्पादन उपलब्ध गराइएको छ।
अगस्ट २६ मा नेपाल–चीन सीमास्थित केरुङ–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो तथा लेदोसहितको बहावपछि चीनको राष्ट्रिय स्याटेलाइट मौसम विज्ञान केन्द्रले प्रभावित क्षेत्रमा वर्षा र मौसमको अवस्थालाई निरन्तर अनुगमन गरिरहेको छ।

8ÔÂ30ÈÕ£¬ÖйúËíµÀ¾ÈԮר¼ÒµÖ´ïÄá²´¶û¼ÓµÂÂú¶¼£¬×¼±¸´î³ËÖ±Éý»úǰÍùÔÖÇø¿ªÕ¹¾ÈÔ®¡£
£¨Åä±¾ÉçͬÌâÎÄ×ָ壩
лªÉç·¢£¨ÖйúפÄá²´¶ûʹ¹Ý¹©Í¼£©
9ÔÂ3ÈÕ£¬Öйú¶ÔÄá²´¶ûµÚÈýÅú½ô¼±Ô®ÖúÎï×ʵִïÄá²´¶ûÊ×¶¼¼ÓµÂÂú¶¼µÄÌØÀï²¼Íò¹ú¼Ê»ú³¡¡£
9ÔÂ3ÈÕÏÂÎ磬Öйú¶ÔÄá²´¶ûµÚÈýÅú½ô¼±Ô®ÖúÎï×ÊÓÉÖйú¿Õ¾üÔË£20´óÐÍÔËÊä»úÔ˵ÖÄá²´¶ûÊ×¶¼¼ÓµÂÂú¶¼¡£10Ãû·¨Ò½¼ø¶¨×¨¼Ò×÷ΪÖйú¶ÔÄá²´¶ûµÚËÄÅúÔ®Öúר¼ÒËæ»úµÖ´ï¡£
лªÉç¼ÇÕß ×ÞѧÃá Éã
8ÔÂ31ÈÕ£¬ÔÚÄá²´¶ûŬÍß¹ûµÂÏØµÄÄ᷽ǰÏß¾ÈÔ®Ö¸»ÓÖÐÐÄ£¬ÖйúËíµÀ¾ÈԮר¼ÒÍê³ÉÒ»´ÎËÑѰÈÎÎñºó·µ»Ø¡£
£¨Åä±¾ÉçͬÌâÎÄ×ָ壩
лªÉç¼ÇÕß ÁõÌì Éã
चीनले उच्च विभेदन क्षमताका स्याटेलाइटबाट प्राप्त तथ्याङ्क प्रयोग गरी माथिल्लो क्षेत्रमा भएको हिम–चट्टान अवरोह, त्यसबाट प्रभावित नदी प्रणाली तथा बहावको अवस्थासमेत निगरानी गरिरहेको छ। ती विवरण विपदको प्रभाव मूल्याङ्कन, खोज तथा उद्धार र मौसमसम्बन्धी सेवा सञ्चालनमा सहयोगी हुने जनाइएको छ।
चीन मौसम विज्ञान प्रशासनले नेपालका लागि अनुकूलित सेवा फेङयुन मौसम स्याटेलाइट प्रणालीसँग वास्तविक समयमा जोडेको छ। यसबाट वर्षाको अवस्था, तीव्र संवहनीय मौसम र चट्याङ गतिविधि तत्काल अनुगमन गर्न सकिने भएकाले नेपाललाई ठूलो भूभागमा सम्भावित खराब मौसमको अवस्था पहिचान गर्न सहयोग पुग्ने बताइएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाखुनका अनुसार विपदपछि चीनका मौसम विज्ञान तथा जलश्रोतसम्बन्धी निकायले नेपाली समकक्षी संस्थासँग निकट समन्वय गर्दै अनुगमनसम्बन्धी सूचना आदानप्रदान गरिरहेका छन्।
उनले नेपाल र चीनका सम्बन्धित निकायले विपदको संयुक्त प्रतिकार्यमा सहकार्य गरिरहेको उल्लेख गर्दै चीनले आगामी दिनमा पनि नेपालसँग मौसम, जलश्रोत तथा विपद व्यवस्थापनका क्षेत्रमा सहयोग थप सुदृढ गर्ने बताए।
चीनले उपलब्ध गराइरहेको स्याटेलाइट तथ्याङ्क र वास्तविक समयको मौसम अनुगमन सेवाले प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारसँगै सम्भावित थप पहिरो, अत्यधिक वर्षा र अन्य प्राकृतिक जोखिमको प्रारम्भिक पहिचान तथा आपत्कालीन तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





