न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले टस जितेर ब्याटिङ रोज्यो

ड्रागन मिडिया सम्वाददाता
अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्ड ‘ए’ विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।
डार्विनको मरारामा भइरहेको खेलमा नेपाल अघिल्ला दुई हारपछि न्युजिल्यान्ड ‘ए’ लाई पराजित गर्दै भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।
जारी एकदिवसीय श्रृंखलामा नेपालले यसअघि तास्मानियासँग दुई विकेट तथा दक्षिण अष्ट्रेलियासँग १३८ रनको हार व्यहोरेको थियो।
आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा अवसर दिएको छ।
चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल न्युजिल्यान्ड ‘ए’ विरुद्धको खेलमा पनि प्लेइङ–११ बाहिर रहेका छन्।





