पुटिन र अमेरिकी वार्ताकारबीचको भेटवार्ता सम्पन्न, विटकफसँग आठौँ भेट

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी वार्ताकार स्टिभ विटकफ तथा जारेड कुशनरबीच क्रेमलिनमा भएको भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्ता सकिएपछि विटकफ र कुशनर सवार गाडीको काफिला क्रेमलिनबाट बाहिरिएको रुसी समाचार संस्था तासले जनाएको छ।
वार्ता ग्रान्ड क्रेमलिन प्यालेसभित्र रहेको ‘रेड ड्रइङ रुम’ मा भएको थियो। उक्त कक्षलाई औपचारिक प्रोटोकल बैठकका लागि प्रयोग हुने ‘ग्रीन ड्रइङ रुम’ भन्दा कम औपचारिक तर भव्य स्वागत तथा छलफल कक्षका रूपमा लिइन्छ।
यो राष्ट्रपति पुटिन र विटकफबीचको आठौँ भेटवार्ता हो। कुशनर भने युक्रेन शान्ति प्रक्रियासम्बन्धी छलफलमा तेस्रो पटक सहभागी भएका हुन्।
पुटिन, विटकफ र कुशनरबीचको पछिल्लो भेट युक्रेन संकटको सम्भावित राजनीतिक तथा कूटनीतिक समाधानबारे रुस र अमेरिकाबीच जारी प्रत्यक्ष संवादको अर्को चरणका रूपमा हेरिएको छ।





