पोखरामा हुने भनिएको रुसको अग्रिम मतदान स्थगित

ड्रागन मिडिया सम्वाददाता
नेपालमा रहेका रुसी नागरिकका लागि पोखरामा सञ्चालन गर्ने भनिएको रुसको राज्य डुमाको नवौँ कार्यकालको निर्वाचनअन्तर्गतको अग्रिम मतदान कार्यक्रम रद्द गरिएको छ।
निर्वाचन केन्द्र नम्बर ८२३५ को निर्वाचन आयोगले सेप्टेम्बर १३, २०२६ मा पोखरामा सञ्चालन गर्ने योजना बनाइएको घुम्ती अग्रिम मतदान कार्यक्रम नगर्ने निर्णय गरेको हो।
नेपालको उत्तरी क्षेत्रमा आएको लेदोसहितको बाढीका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाइएको छ।
नेपालमा रहेका रुसी नागरिकले अब विदेशस्थित एकीकृत मतदान दिवसअन्तर्गत सेप्टेम्बर २०, २०२६ मा मतदान गर्न सक्नेछन्।
मतदान काठमाडौंको बालुवाटारस्थित नेपालका लागि रुसी दूतावासमा रहेको निर्वाचन केन्द्र नम्बर ८२३५ मा हुनेछ। दूतावासले नेपालमा रहेका योग्य रुसी मतदातालाई सोही निर्वाचन केन्द्रमार्फत मतदानमा सहभागी हुन आग्रह गरेको छ।





