२२ भाद्र २०८३, सोमबार

मनास्लु र लार्के पास क्षेत्रमा पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह

ड्रागन मिडिया सम्वाददाता

गोरखा जिल्ला प्रशासनले मनास्लु हिमाल र लार्के पासतर्फ जाने पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म ती मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।

गण्डकी प्रदेशअन्तर्गत गोरखाका विभिन्न क्षेत्रमा सोमबार आएको बाढीले पदमार्ग तथा पर्यटक बस्ने होटलमा ठूलो क्षति पुर्‍याएपछि प्रशासनले यस्तो आग्रह गरेको हो।

बाढीका कारण चुमनुब्री गाउँपालिकाका वडा नं. ४ र २ जोड्ने फलामे पुल बगाएको जनाइएको छ। त्यस्तै बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलसमेत बाढीले बगाएको विवरण प्राप्त भएको छ।

मनास्लु क्षेत्र नेपालका प्रमुख हिमाली पदयात्रा गन्तव्यमध्ये एक हो। लार्के पास हुँदै यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने यस क्षेत्रमा पदमार्ग र पुलमा क्षति पुगेपछि सुरक्षा जोखिम बढेको छ।

जिल्ला प्रशासनले विशेषगरी रुसीसहित नेपाल भ्रमणमा रहेका विदेशी पर्यटक तथा पदयात्रीलाई स्थानीय प्रशासनको अर्को सूचना नआएसम्म मनास्लु र लार्के पास क्षेत्रतर्फ यात्रा नगर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button