२२ भाद्र २०८३, सोमबार

नेपालको राष्ट्रिय शोक दिवसमा चिनियाँ दूतावासद्वारा श्रद्धाञ्जली, झण्डा आधा झुकाइयो

ड्रागन मिडिया सम्वाददाता

नेपालमा आइतबार मनाइएको राष्ट्रिय शोक दिवसका अवसरमा काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासले भदौ १० गते आएको पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्मृति कार्यक्रम आयोजना गरेको छ।

दूतावासले सेप्टेम्बर ७, २०२६ मा आयोजना गरेको कार्यक्रममा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाएर विपदमा ज्यान गुमाएका व्यक्तिप्रति शोक व्यक्त गरिएको हो।

दूतावासले सार्वजनिक गरेको सन्देशमा अगस्त २६ को पहिरोका पीडितप्रति गहिरो दुःख व्यक्त गर्दै चीन र नेपाल कठिन परिस्थितिमा सधैँ एकअर्काको साथमा उभिने उल्लेख गरिएको छ।

“चीन र नेपाल आशा र दृढतासहित सधैँ एकअर्काको साथमा उभिनेछन्। हामी कठिनाइ पार गर्दै आफ्ना घरहरू पुनर्निर्माण गर्नेछौँ,” दूतावासले जनाएको छ।

नेपाल र चीनबीच विपद व्यवस्थापन, खोज तथा उद्धार, राहत र पुनर्निर्माणका क्षेत्रमा पछिल्लो समय सहकार्य तीव्र बनेको छ। राष्ट्रिय शोक दिवसका अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमलाई नेपालप्रतिको ऐक्यबद्धता र दुई देशबीचको मित्रवत सम्बन्धको अभिव्यक्तिका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button