२३ भाद्र २०८३, मंगलवार

सुशील केडिया स्पोर्ट्स गालामा डीएभी ब्लूलाई क्रिकेट उपाधि

ड्रागन मिडिया सम्वाददाता

दोस्रो संस्करणको सुशील केडिया स्पोर्ट्स गालाअन्तर्गत क्रिकेटमा आठौं सुशील केडिया मेमोरियल कपको उपाधि डीएभी ब्लूले जितेको छ। फाइनलमा डीएभी ब्लूले आफ्नै डीएभी एलो टिमलाई ३० रनले पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा डीएभी ब्लूका शेखर शाह उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर घोषित भए। एलआरआईका श्रेयश अवस्थी उत्कृष्ट बलर, हिमालयन ह्वाइट हाउसका आयुश शाही उदीयमान खेलाडी तथा डीएभी एलोका रोनिश कारञ्जित उत्कृष्ट विकेटकिपर चुनिए।

बास्केटबलतर्फ बाल दीपक्षा सदन विजेता तथा होली भिजन उपविजेता बने। छात्रातर्फ ज्ञानोदय बालबाटिकाले उपाधि जित्दा निसर्ग बाटिका उपविजेता बन्यो।

फुटबलमा सेन्ट जेभियर्स पहिलो, चेल्सी दोस्रो र ईपीएस स्कुल तेस्रो भए। टेबलटेनिसमा डीएभी पहिलो, एभीएम दोस्रो तथा सृष्टि एकेडेमी तेस्रो स्थानमा रहे।

ब्याडमिन्टनमा पुलिस स्कुल पहिलो, सेन्ट मेरिज दोस्रो तथा ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भए। योगामा डीएभी पहिलो, एसिया प्यासिफिक दोस्रो र एक्सिडेन्टल पब्लिक तेस्रो हुँदा तेक्वान्दोमा डीएभी पहिलो, सृष्टि एकेडेमी दोस्रो तथा माछापुच्छ्रे स्कुल तेस्रो भए।

डीएभी सुशील केडिया विश्व भारती विद्यालयमा आयोजित स्पोर्ट्स गालामा ९८ विद्यालयका एक हजार २० खेलाडीले विभिन्न खेल विधामा सहभागिता जनाएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button