२३ भाद्र २०८३, मंगलवार

वर्तमान सरकार विधिको शासन कार्यान्वयनमा सुरुदेखि कमजोर देखियो : ओमप्रकाश अर्याल

ड्रागन मिडिया सम्वाददाता

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुरुदेखि नै विधिको शासन कार्यान्वयनमा कमजोर देखिएको बताएका छन्।

कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा सोमबार राति दिएको अन्तर्वार्तामा अर्यालले सरकारले प्रारम्भिक चरणदेखि नै विधिको शासनप्रति लिनुपर्ने दृष्टिकोण अपनाउन नसकेको टिप्पणी गरे।

“वर्तमान सरकारले सुरुवाती चरणदेखि विधिको शासनमा जुन अप्रोच लिनुपर्थ्यो, त्यो भएन। विधिको शासनमा सुरुदेखि नै कमजोरी भएको छ,” उनले भने।

अर्यालले विधिको शासनको मूल मान्यताअनुसार कुनै एक व्यक्तिको अधिकार खोसेर अर्को व्यक्तिलाई दिन नमिल्ने उल्लेख गर्दै सरकारले सुशासनका विभिन्न सूचकलाई समानान्तर रूपमा अघि बढाउन नसकेको बताए।

उनले जेन–जी आन्दोलनले उठाएका मुद्दा अहिले राज्य र राजनीतिको मूलधारमा प्रवेश गरिसकेको पनि बताए। जेन–जीलाई स्थायी सरोकारवालाका रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।

“जेन–जीका मुद्दा मूलधार भएका छन्। स्थायी सरोकारवाला भए जेन–जी। राज्यकै पनि भए,” उनले भने।

अर्यालले वर्तमान अवस्थामा सुशासन र सेवा प्रवाहका केही क्षेत्रमा सुधार देखिएको उल्लेख गरे पनि विधिको शासनलाई प्रभावकारी रूपमा संस्थागत गर्न अझै कमजोरी रहेको धारणा व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button