२३ भाद्र २०८३, मंगलवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रियसभा गृहमा हुने

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा हुने तय भएको छ।

महाधिवेशनका लागि असोज १५ देखि २० गतेसम्म राष्ट्रियसभा गृह उपलब्ध गराइदिन कांग्रेसका कायममुकायम मुख्यसचिव कृष्णप्रसाद दुलालले सम्बन्धित निकायलाई पत्र पठाएका छन्।

कांग्रेसले यसअघि नै १५औँ महाधिवेशनको मिति तय गरेको थियो। हिजो बसेको पार्टी बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिकामा केही हेरफेर गरे पनि केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित समयमै गर्ने निर्णय गरेको हो।

तल्लो तहका अधिवेशन सम्पन्न गर्दै निर्धारित समयभित्र केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारीस्वरूप पार्टीले महाधिवेशनस्थलको व्यवस्थापन अघि बढाएको हो।

राष्ट्रियसभा गृहमा हुने महाधिवेशनमा देशभरबाट निर्वाचित महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button