रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले प्रतिनिधि सभामा बोल्नका लागि सभामुख डिपी अर्यालसँग समय मागिसकेका छन्।
आजको प्रतिनिधि सभा बैठक दिउँसो १ बजेदेखि सुरु हुने तय भएको छ।
सत्तारूढ दल रास्वपाका सभापति लामिछानेले संसदमा कुन विषयलाई प्रमुखताका साथ उठाउनेछन् भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।





