‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’

ड्रागन मिडिया सम्वाददाता
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन्।
गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको भक्तपुरको बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा ओलीले आफूहरूले विगतमा पनि देश नछाडेको र भविष्यमा पनि नभाग्ने बताए।
उनले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै आफ्नो राजनीतिक अस्तित्व अरूले निर्माण गरिदिएको नभई संघर्ष र योगदानबाट स्थापित भएको दाबी गरे।
“हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ,” ओलीले भने, “यो देश हाम्रो पनि हो। हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो। हामी अरूले उभ्याएको होइन।”
बालकोटस्थित निवासमा पुगेका ओलीले आगजनीबाट भएको क्षतिको अवलोकन गर्दै देशको राजनीतिक परिस्थितिबारे आफ्ना धारणा राखेका हुन्।





