२४ भाद्र २०८३, बुधबार

ग्यास अभावको विरोधमा सिंहदरबारअगाडि खाली सिलिन्डरसहित प्रदर्शन

ड्रागन मिडिया सम्वाददाता

खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गर्न माग गर्दै विद्यार्थीहरूले बुधबार सिंहदरबारअगाडि प्रदर्शन गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सिंहदरबारको दक्षिण गेटअगाडि खाली ग्यास सिलिन्डरसहित विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले काँधमा खाली ग्यास सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले बजारमा लामो समयदेखि कायम ग्यास अभाव अन्त्य गर्न र सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सुरक्षामा खटिएका प्रहरीले प्रदर्शनकारीले बोकेका ग्यास सिलिन्डर नियन्त्रणमा लिएका थिए।

ग्यास अभावका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहेका बेला विद्यार्थी संगठनले सरकारमाथि दबाब बढाउने उद्देश्यले सिंहदरबारको प्रवेशद्वारमै प्रदर्शन गरेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button