भारतमा विदेशी कम्पनीका लागि निष्पक्ष व्यापारिक वातावरण सुनिश्चित गर्न चीनको आग्रह

ड्रागन मिडिया समाचार कक्ष
चीनले भारतमा लगानी तथा व्यवसाय सञ्चालन गरिरहेका विदेशी कम्पनीका लागि निष्पक्ष, न्यायपूर्ण, पारदर्शी र भेदभावरहित व्यापारिक वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले बिहीबार नियमित पत्रकार सम्मेलनमा चीन र भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्य पारस्परिक हित र दुवै पक्षको लाभमा आधारित रहेको बताए।
उनले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धको स्वस्थ विकासका लागि विदेशी उद्यमहरूले समान अवसर र स्थिर व्यापारिक वातावरण पाउनु महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। चीनले भारतसँगको आर्थिक सहकार्यलाई पारस्परिक लाभ, व्यावहारिक सहकार्य र दीर्घकालीन साझेदारीका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।





