२६ भाद्र २०८३, शुक्रबार

सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङलाई साढे पाँच वर्ष कैद

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं जिल्ला अदालतले सिभिल सहकारीका सञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई ठगीसम्बन्धी कसुरमा साढे पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार सजाय निर्धारण गर्दै उक्त फैसला गरेको हो। अदालतले यसअघि भदौ ११ गते तामाङसहित १७ जनालाई कसुरदार ठहर गरेको थियो।

दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीणप्रसाद प्रधान, नगेन्द्र बिमली, मुकुन्दप्रसाद नेउपाने, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ।

रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर, सिर्जना शाक्य तामाङ र लालकाजी गुरुङलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। केशवलाल श्रेष्ठलाई पाँच वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना तथा मीना गुरुङलाई पाँच महिना कैद र चार हजार रुपैयाँ जरिवाना तोकिएको छ।

अदालतले बिगो रकम दामासाही गर्ने निर्णय पनि गरेको छ। सहकारी संस्थाबाट लिइएको ६ करोड ९० लाख रुपैयाँ ऋण कानुनबमोजिम ब्याजसहित बुझाउनुपर्ने र उक्त रकम मूल बिगोबाट घटाएर बाँकी रकम दामासाही गर्ने फैसला भएको हो।

मुद्दामा कुल पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो दाबी गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button