आज प्रतिनिधिसभा बैठक, दुई विधेयकमाथि विचार प्रस्ताव प्रस्तुत हुने

ड्रागन मिडिया सम्वाददाता
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्ने कार्यतालिका छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको बैठकसँगै आज संघीय संसद्अन्तर्गतका विभिन्न छ वटा समितिको बैठक पनि बस्ने कार्यक्रम छ।





