प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेतृत्वको टोली चीन प्रस्थान गरेको हो ।

 

प्रधानमन्त्री ओली पछिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा यो उहाँको पहिलो औपचारिक चीन भ्रमण हो । प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 

प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको थियो । बैठकले चीनले बनाउने दुई करोड डलर (करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

 

प्रधानमन्त्रीको चीन भ्रमणमा टोखाखहरे सुरुङमार्ग निर्माणमुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माणसङ्खुवासभाको किमाथान्का सडक निर्माणरसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययनकाठमाडौँको रिङरोडको दोस्रो चरण विस्तारचितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना अगाडि सारिने उहाँले जानकारी दिनुभयो।

 

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्नेगरी नेपाल तयार भएको छ । चीनले प्रस्ताव गरेको बिआरआई कार्यान्वयन योजना नामको सम्झौताका सवालमा नेपाल सरकारले कार्यदल नै गठन गरेर निर्क्योलमा पुगेको थियो ।

cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button