२६ भाद्र २०८३, शुक्रबार

ट्रम्पको दाबी : इरानसँगको युद्ध नोभेम्बर चुनावअघि नै अन्त्य हुन सक्छ

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध नोभेम्बरमा हुने अमेरिकी चुनावअघि नै अन्त्य हुन सक्ने बताएका छन्।

रुसी समाचार संस्था तासका अनुसार ट्रम्पले युद्ध चुनावअघि नै समाप्त हुने सम्भावना रहेको बताएका हुन्। उनले चुनावअघि समाधान हुन नसके पनि नोभेम्बर चुनावलगत्तै युद्ध निश्चित रूपमा अन्त्य हुने दाबी गरेका छन्।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले वाशिङ्टनले इरानसँगको युद्धलाई लामो समयसम्म निरन्तर राख्न नचाहेको संकेत गरेको छ। यद्यपि युद्ध अन्त्य गर्ने प्रक्रिया, सम्भावित राजनीतिक वा कूटनीतिक समझदारी तथा त्यसका शर्तबारे उनले विस्तृत विवरण दिएका छैनन्।

अमेरिकी चुनाव नजिकिँदै जाँदा इरानसँगको युद्ध, मध्यपूर्वको सुरक्षा अवस्था र अमेरिकी विदेश नीति चुनावी बहसका महत्वपूर्ण विषय बन्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button