२६ भाद्र २०८३, शुक्रबार

पश्चिमका धेरै बुद्धिजीवीले रूसको ‘विशेष सैन्य अभियान’को कारण बुझ्छन् : फादेयेभ

ड्रागन मिडिया समाचार कक्ष

पश्चिमी देशका उल्लेखनीय संख्यामा बुद्धिजीवीहरूले रूसले युक्रेनमा ‘विशेष सैन्य अभियान’ शुरु गर्नुपरेको कारण बुझ्ने गरेको रूसी राष्ट्रपति मातहतको नागरिक समाज तथा मानवअधिकार परिषद्का प्रमुख भालेरी फादेयेभले बताएका छन्।

रुसी समाचार संस्था ताससँग कुरा गर्दै फादेयेभले पश्चिमका बौद्धिक तथा विश्लेषक वृत्तमा रूसको सुरक्षा दृष्टिकोण र युद्ध शुरु हुनुका कारणबारे बुझाइ रहेको दाबी गरेका हुन्।

उनका अनुसार परिस्थितिलाई गहिरो रूपमा बुझ्ने मानिसहरूले “रूस आफ्नो रक्षा गर्न बाध्य भएको थियो” भन्ने तथ्यलाई स्वीकार गर्छन्।

फादेयेभको यो भनाइ रूसले युक्रेन युद्धबारे प्रस्तुत गर्दै आएको आधिकारिक सुरक्षा तर्कसँग मेल खान्छ। मस्कोले सन् २०२२ मा शुरु गरेको सैन्य कारवाहीलाई आफ्नो राष्ट्रिय सुरक्षा, रणनीतिक हित तथा बाह्य सुरक्षा चुनौतीसँग जोडेर व्याख्या गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button