२६ भाद्र २०८३, शुक्रबार

प्रधानमन्त्री वालेन्द्र शाहको उद्योगी व्यवसायीसँग छलफल

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले अहिले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

छलफलमा उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे विचार विमर्श भइरहेको बताइएको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button