२६ भाद्र २०८३, शुक्रबार

सी चिनफिङ–मोदी भेटका लागि चीन र भारत तयारीमा

ड्रागन मिडिया समाचार कक्ष

आगामी १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता गराउने तयारी चीन र भारतले अघि बढाएका छन्।

चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ नीङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ताका लागि आवश्यक व्यवस्था मिलाइँदै गरेको जानकारी दिइन्।

यो भेट भएमा सी चिनफिङ र मोदी लगातार तेस्रो वर्ष आमनेसामने हुनेछन्। यसअघि उनीहरू कजान र थ्यानचिनमा भेटवार्ता गरिसकेका छन्।

माओ नीङले चीन भारतसँग मिलेर दुवै देशका शीर्ष नेताको रणनीतिक मार्गदर्शनअनुसार द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट अघि बढाउन तयार रहेको बताइन्।

उनले दुई देशबीच संवाद सुदृढ गर्ने, सहकार्य विस्तार गर्ने तथा मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्ने आवश्यकता औँल्याइन्।

चीनले भारतसँग असल छिमेकी मित्र र एकअर्काको सफलतामा सहयोग पुर्‍याउने साझेदारका रूपमा सम्बन्ध विकास गर्न चाहेको पनि प्रवक्ता माओले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button