३ कार्तिक २०८३, सोमबार

चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष तथा नेपालका प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समिति(एनपीसी)का अध्यक्ष चाउ लचीले डिसेम्बर ३ तारिखका दिन बेइजिङमा नेपाली प्रधानमन्त्री केपी ओली ओलीसँग भेटवार्ता गर्नुभएको छ।

 

सो अवसरमा चाउ लचीले चीन र नेपालले सधैँ एकअर्कालाई सम्मान गर्ने, एकअर्कालाई समान व्यवहार गर्ने र पारस्परिक लाभ र जीतको परिणाम हासिल गरेको जनाउनुभयो। यसै आधारमा दुई देश फरक सामाजिक प्रणाली र ठूलो होस वा साना देशहरूबीच मैत्रीपूर्ण सहअस्तित्वको उदाहरण प्रस्तुत गरेका धारणा पनि उहाँले व्यक्त गर्नुभयो। दुई देशका नेताबीच भएका महत्वपूर्ण सहमति कार्यान्वयन गर्न, उच्चस्तरीय रणनीतिक सहयोग विस्तार गर्न र विकास र समृद्धि उन्मुख पुस्तौसम्म मित्रवत चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको गहन विकासलाई प्रबद्र्धन गर्न चीन नेपालसँग मिलेर काम गर्न तयार भएकोमा पनि उहाँले जोड दिनुभयो। चीनको एनपीसी नेपाली संसद्सँग विभिन्न तहका आदानप्रदानलाई सुदृढ बनाउन, विधायिकी अनुभवआदानप्रदान गर्न र दुई देशबीच व्यावहारिक सहयोगका लागि कानुनी प्रत्याभूति प्रदान गर्न इच्छुक रहेको पनि चाउले बताउनुभयो।

 

सो अवसरमा नेपालका प्रधानमन्त्री ओलीले नेपाल र चीन असल मित्र, असल छिमेकी र असल साझेदार हुन् भन्ने जनाउनुभयो। चीनसँगको सम्बन्धको विकासमा महत्व दिँदै नेपालले एक चीन सिद्धान्तको दृढतापूर्वक पालना गर्दै जाने छ र राष्ट्राध्यक्ष सी चिनफिङले अघि सार्नुभएको विश्वव्यापी विकास पहलमा दृढतापूर्वक समर्थन र सक्रिय भाग लिँदै जाने छ। बेल्ट एण्ड रोड इनिसिएटिभमा चीनसँगको सहकार्य प्रगाढ बनाउन, विधायिकी निकायबीच आदानप्रदानलाई मजबुत बनाउन र साझा विकास तथा समृद्धि हासिल गर्न नेपाल तयार छ भन्ने प्रकाश पनि प्रधानमन्त्री ओलीले पार्नुभयो।

 

डिसेम्बर ३ को दिउँसो नेपालका प्रधानमन्त्री ओलीले थ्यानआनमन चोकमा जननायकहरूको स्मारकमा माल्यार्पण गर्नुभयो।

 

cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button