४ कार्तिक २०८३, मंगलवार

चीन भ्रमण निकै फलदायी रहेको प्रधानमन्त्री केपी शर्माओलीको ठहर

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गर्ने क्रममा चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभयो। यो भ्रमणको उपलब्धिबारे उहाँले यसरी भन्नुभयो, ‘प्रधानमन्त्रीको हैसियतमा यो मेरो तेस्रो पटकको चीन भ्रमण हो। उच्च तहको भ्रमण नै उपलब्धि हो। डिसेम्बर ३ तारिख राष्ट्राध्यक्ष सी चिनफिङ सँग वार्ता गरेर हामीले द्विपक्षीय सम्बन्धबारे वैचारिक आदानप्रदान गरेका थियौं। वार्ता रमाइलो र फलदायी थियो।’

 

प्रधानमन्त्री ओलीका अनुसार नेपाल र चीनले बीआरआईको साझा निर्माण गर्ने सहकार्य प्रारूपमा ९–१० महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन्। बीआरआई प्रस्तावको उदेश्य साझा समृद्धि सहित अरू देशहरूको साझा विकास बढाउनु हो। चीनबाट प्रस्तुत यो प्रस्ताव निकै राम्रो, निकै महत्वपूर्ण छ। धेरै देशहरू उक्त प्रस्तावको स्वागत गरेका छन्। नेपाल पनि बीआरआईको साझा निर्माणको पक्षधर हो।  

 

३ तारिख नेपाल र चीनले धेरै परियोजना र लगानी सन्धिमा हस्ताक्षर गरेका छन्। ४ तारिख पैचिङ विश्वविद्यालयमा भाषण महत्वपूर्ण गर्दै  ओलीले आफ्नो यो भ्रमण सफल र निकै फलदायी भएको ठहर गर्नुभएको छ।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button