नेपालका प्रमको चीन भ्रमणले लगानी वातावरण बनेको नेपालको निजी क्षेत्रको भनाइ

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुभएको छ। प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यान्वयनबारे शुक्रबार आयोजित  एक अन्तर्क्रियामा अध्यक्ष ढकालले यस्तो बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

भ्रमण दलका सदस्यसमेत रहनुभएका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्रविद्यमान कानुननिजी क्षेत्रले लिने पहललगायतबारे चिनियाँ व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताउनुभयो।

उहाँले परम्परागत कानुन परिमार्जनवैदेशिक लगानी सहजीकरणबारे पनि दुई पक्षबिच राम्रो छलफल भएको बताउनुभयो।

क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको दाबी गर्नुभयो। अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्रविद्यामान कानुन र निजी क्षेत्रले लिने पहलकदमीबारे चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो। क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ। पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ।

अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद रहेको बताउनुभयो। उहाँले सडकहवाईरेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुपर्ने कुरा प्राथामिकतासाथ राखेको जानकारी दिनुभयो।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button