आगामी वर्ष चीनको आर्थिक विकास अझै राम्रो हुने कुरामा विदेशी विज्ञ आशावादी

यस सम्मेलनले स्पष्ट रूपमा चीनको अर्ततन्त्रको स्थिर बृद्धिलाई कायम राख्न आग्रह प्रस्तुत गरेको छ। मलाई सबभन्दा गहिरो छाप पारेको कुरा के छ भने अझ सकारात्मक र प्रभावकारी समष्टिगत नीति अपनाएर देशभित्रको चाहनाको विस्तार गर्नुपर्छ। यो नै चीनमा लगानी लगाएका विदेशी व्यवसायहरूका लागि ज्यादै महत्वपूर्ण विषय रहेको छ। डिसेम्बर ११ देखि १२ तारिखसम्म पैचिङमा आयोजित केन्द्रीय आर्थिक कार्य सम्मेलनबारे चर्चा गर्दै जर्मनी कार्ह बिशाल चीन क्षेत्रका गभर्नर थाङ स्याउ तोङले सीएमजीका सम्वाददातासँग कुराकानी गर्दै आफ्नो विचार व्यक्त गर्नुभएको छ।   

डामाडोल विश्वमा यस केन्द्रीय आर्थिक कार्य सम्मेलनबाट निकालिएको संकेतले मानिसहरूका लागि स्थिरता र निश्चितता ल्याएको छ। विदेशी सञ्चार माध्यमहरूले के ठहर गरेका छन् भने सन् २०२५ मा चीनले अझ सकारात्मक धारणा लिएर आर्थिक चुनौतीको सामना गर्ने र आर्थिक बृद्धिलाई कायम राख्ने भएकाले चीनको अर्थतन्त्र अझ विशेषगरी अन्तर्राष्ट्रिय बजारका लागि गहिरो प्रभाव पार्नेछ।

अझ सकारात्मक धारणा लिँदै विकास गर्ने सिलसिलामा उच्च स्तरीय वैदेशिक खुलापनको विस्तार गर्ने चीनको अठोट कहिल्यै पनि परिवर्तित छैन। साथै सँगै मिलेर विकासको सुअवसरको उपभोग गर्न विभिन्न मुलुकका व्यवसायहरूलाई स्वागत गर्ने चीनको अभिलाषा पनि फेरेको छैन।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button