अमेरिकाले थाइवानलाई हतियार दिएर थाइवानलाई थप क्षति पुर्याउने

अमेरिकी राष्ट्रपतिले हालै आर्थिक वर्ष २०२५ का लागि राष्ट्रिय रक्षा प्राधिकरण ऐनमा हस्ताक्षर गर्नुभयो। ८ खर्ब ९५ अर्ब अमेरिकी डलरको सैन्य खर्चको नयाँ रेकर्ड सिर्जना गरियो र यसले सैन्य खर्चका लागि वासिङ्टनको भोक देखाउँछ। सैन्य खर्चको विस्तारको ‘तर्कसंगत’ सिर्जना गर्नका लागि, उक्त ऐनमा दर्जनौं पटक चीनको नाम उल्लेख गरिएको छ र धेरै ठाँउहरुमा ‘चीनको खतरा’ को अतिरंजित गरिएको छ। विशेष गरी थाइवानका बारेमा गैर जिम्मेवार टिप्पणी गरिनुका साथै थाइवानका लागि सैन्य समर्थन गर्ने आवाज उठाइएको छ र ‘थाइवान स्वतंत्रता’ पक्षधर पृथकतावादी शक्तिहरुलाई गंभीर गलत संकेत पठाइएको छ।
अमेरिकाको यो आन्तरिक कानुनमा अमेरिकाले चीनको आन्तरिक मामिलामा खुला रुपमा हस्तक्षेप गरेको छ। उदाहरणका लागि, यसले प्रशान्त सैन्य अभ्यास तथा २०२५ प्रशान्त महासागर रिममा थाइवानको सहभागिताको प्रस्ताव गरिएको छ। बहुपक्षीय, विशेष गरी युरोपेली सहयोगलाई बढाएर थाइवानको सुरक्षालाई सुदृढ पारिने छ। थाइवानलाई उसको तथाकथित आत्मरक्षा क्षमता बढाउनका लागि आर्थिक सहयोग उपलब्ध गराइनेछ। वास्तवमा, यो ‘थाइवान स्वतन्त्रता’ पृथकतावादी शक्तिहरूलाई ‘आगोमा घिउ थप्ने“ जस्तै हो, र यो थाइवान जलडमरुका दुई किनारालाई उक्साउनु हो र थाइवानलाई खतरनाक स्थितिमा धकेल्नु हो।

अबको २० दिनमा, अमेरिकामा नयाँ सरकार सुरु हुनेछ। यदि अमेरिकी पक्ष थाइवान जलडमरूको शान्ति र स्थिरताको लागि इमानदारपूर्वक आशा गर्दछ भने उसले थाइवान मुद्दालाई ठूलो सावधानीका साथ सम्हाल्नु पर्दछ, चीन-अमेरिका बीच सम्पन्न ३ संयुक्त विज्ञप्तिहरूको पालना गर्नुपर्दछ, चीनलाई दिने आफ्नो राजनीतिक प्रतिबद्धताहरू पूरा गर्नुपर्दछ। ‘थाइवान स्वतन्त्रता’ पक्षधरको स्पष्ट रूपमा विरोध गर्नुपर्दछ र चीनको शान्तिपूर्ण पुनर्मिलनलाई समर्थन गर्नुपर्दछ। थाइवान चीनको थाइवान हो। थाइवान जलडमरु सम्बन्धहरूमा अन्तरदृष्टि राख्ने प्रत्येक व्यक्तिले देख्न सक्छ कि तथाकथित अमेरिकी निर्मित हतियारहरूले थाइवान जलडमरुका दुई किनारा बीचको शक्ति सन्तुलनको स्थिति परिवर्तन गर्न सक्दैन, अझै पनि चीनको अन्तिम पुनर्मिलनको सामान्य ऐतिहासिक प्रवृत्तिलाई रोक्न सक्दैनन्।





