१४ आश्विन २०८३, बुधबार

बीमा दाबीको क्षति मूल्याङ्कनमा सर्भेयर खटाउन स्वचालित प्रणाली विकास

ड्रागन मिडिया सम्वाददाता

सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सामाजिक सञ्जालमार्फत सर्भेयर छनोटलाई पारदर्शी र मापदण्डमा आधारित बनाउने उद्देश्यले प्रणाली तयार पारिएको जानकारी दिएको हो।

कार्यालयका अनुसार सबै सर्भेयरको विवरण प्रणालीमा प्रविष्ट गरिएको छ। सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता र यसअघि पाएका कामको विवरणका आधारमा छनोट हुने व्यवस्था गरिएको छ। प्रणालीबाट कसले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन उपलब्ध छ कि छैन भन्ने जानकारी पनि हेर्न सकिने बताइएको छ।

सरकारले एउटै सर्भेयरलाई पटक–पटक काम दिने र अन्यलाई अवसर नपुग्ने अवस्था पहिचान गर्न प्रणालीले सहयोग गर्ने अपेक्षा गरेको छ। यसबाट बीमा दाबी प्रक्रियामा लाग्ने समय र लागत घट्ने दाबी पनि गरिएको छ। प्रणाली पूर्ण रूपमा कहिलेदेखि लागू हुने, छनोटका मापदण्ड कसले परीक्षण गर्ने र त्यसको प्रभावकारिता कसरी मूल्याङ्कन गरिने भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button