२ कार्तिक २०८३, आईतवार

चिनियाँ नयाँ वर्ष नेपालमा एक महिनासम्म धुमधामका साथ मनाइने

चिनियाँ नयाँ वर्ष नेपालमा एक महिनासम्म धुमधामका साथ मनाउन लागिएको छ।

आगामी फागुन ८ गतेसम्म मनाइने नयाँ वर्ष सांस्कृतिक महोत्सवको एक महिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

शनिबार भक्तपुरको दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव शुभारम्भ गरियो  काठमाडौंस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड,राष्ट्रिय खेलकुद परिषद,काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका,नेपाल ओभरसिज चाइनिज एसोसिएसनलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको महोत्सवका केही कार्यक्रम पोखरामा समेत राखिएको छ।

आइतबार ठमेलमा चिनियाँ नया वर्ष परेड, माघ ९ देखि फागुन ८ गतेसम्म ठमेलमा बत्ति बाल्ने कार्यक्रम छ । त्यसैगरी माघ १० गते होटल याक एण्ड यतिमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।

 नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको शुभारम्भ गरिँदै छ । नयाँ वर्षको स्वागत र चिनियाँ नयाँ वर्षको अवसरमा नाटकीय प्रस्तुती पनि हुनेछ ।

 त्यस्तै माघ १३ गतेदेखि फागुन १२ सम्म रत्नपार्कमा लाल्टिन महोत्सव राखिएको छ ।

 माघ २४ र फागुन २ गते नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिँदै छ । माघ २४ गते आर्मी अफिसर्स क्लबमा ‘पारिवारिक चीन, संसारभर एउटै बसन्त’ र फागुन २ गते पनि सोही स्थानमा ‘चीनको आत्मा, सिचुआनको शैली’ विशेष प्रस्तुती राखिएको छ । 

फागुन ३ गते दशरथ रंगशालामा नेपालचीन मैत्री फुटबल, फागुन ६ गते होटल याक एण्ड यतिमा तिब्बती नयाँ वर्षको स्वागत समारोह र फागुन ८ गते पोखराको नगरसभा हलमा चीन–नेपाल अन्तर्राष्ट्रिय महोत्सव गरिने जनआस्थाले जनाएको छ।

 

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button