भन्सार करको असरमा अमेरिकीहरूले “सामान स्टक गर्न” थाले?

थप भन्सार कर असुल्नाले सामानको मूल्य र मुद्रास्फीति बढ्ने छ। अमेरिकाको नयाँ सरकार सत्तामा आउन लागे लगत्तै अमेरिकाभित्र अमेरिकाको नयाँ भन्सार कर युद्धप्रति चिन्ता बढेको छ। सन् २०१८ मार्च महिनामा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयातित सामानमा ठूलो परिमाणको भन्सार कर असुल्ने कुराको घोषणा गर्दै चीनअमेरिका आर्थिक तथा व्यापारिक संघर्ष बढाउने संकेत गरेका थिए। सन् २०२१ यता बाइडेन सरकारले थप भन्सार कर असुल्ने कदम जारी राखेको छ। विगतका वर्षहरूको वास्तविकताबाट प्रमाणित गरिएअनुसारचीनप्रति अमेरिकाको भन्सार कर युद्धले चीनलाई हानी पुर्याउनुका साथै अमेरिकालाई पनि हानी पुर्याएको छ।

भन्सार करले सम्बन्धित व्यवसायको संरक्षण गरेको देखिन्छ तर रोजगारमा असर परेको छ। विश्लेषणअनुसारअमेरिकाको उच्च भन्सार कर र विदेशी सम्बन्धित प्रतिवाद कदमले अमेरिकी उद्यमहरूको नाफालाई घटाएको छ। रोजगारको स्थिरताका लागि हितकर भएन।

भन्सार कर युद्धले चीनको विकासलाई अवरोध गर्नसक्दैन। चीनले जनवरी १३ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसारसन् २०२४मा चीनको सामान व्यपारको आयातनिर्यात परिमाणले इतिहासको नयाँ उचाइ सिर्जना गरेको थियो भने लगातार आठ वर्षसम्म विश्वको सामान व्यापारको पहिलो ठूलो मुलुक बनेको थियो।

विश्वका दुई वटा ठूला आर्थिक समूहको रुपमा चीन र अमेरिकाले आवातजावत नगर्ने सम्भावना छैन। वास्तविकताबाट प्रमाणित गरिएअनुसारचीन र अमेरिकाको आआफ्नो सफलता पारस्परिक मौका हो र चुनौती होइन। अमेरिकाको नयाँ सरकारले पारस्परिक हित र साझा विजयी मार्गमा फर्कने आशा चीनले लिएको छ।   

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button