“विश्वले कठिनाइमाथि संयुक्त विजय गर्न” चीन-अमेरिका जिम्मेवारी अपरिहार्य

हाल अमेरिकी नयाँ सरकार सत्तामा आउन एक साताभन्दा कम समय बाँकी छ। हाल अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट हेर्दा चीन र अमेरिकासँग विश्वव्यापी चुनौतीको सामना गर्न सहकार्य गर्न आव्हान गर्ने आवाज अझै बढी उच्च भैरहेको मानिसहरूले देखेका छन्।

रुसको नेजाभिसिमाया गजेटले टिप्पणी प्रकाशित गर्दै चीन र अमेरिका यी दुबै विशाल मुलुकहरूको शान्तिपूर्ण अस्तित्व विश्वका लागि हितकर हुने कुरा बतायो। डेली टाइम्स पाकिस्तानले बताएअनुसारचीन र अमेरिकाको सहकार्य दुई पक्षले विश्वव्यापी चुनौतीको संयुक्त रुपमा सामना गर्न र विश्वका जनतामाझ लाभ दिनका लागि हितकर हुने छ। केही दिनअघि चीनको भ्रमण गर्नुभएका अमेरिकी प्रसिद्ध लेखक थोमस फ्राइडमानले एक स्थिर २१औं शताब्दीला साकार तुल्याउन अमेरिका र चीनले सहकार्य गर्नुपर्ने कुरा ंल्याउनुभयो।

८० वर्षअघि चीन र अमेरिकाले विश्वमा शान्तिप्रेमी मुलुकहरूसँग मिलेर विश्वको फाशिष्ट विरोधी युद्ध जितेका थिए। ८० वर्षपछिको आज विश्वको शान्ति र सुरक्षामा गम्भीर चुनौती छ। क्षेत्रीय ताप बिन्दु समस्याहरूमा चीन र अमेरिकाले सहकार्य र समन्वय गर्नुपर्छ र विश्वको शान्तिका लागि जिम्मेवारी देखाउनुपर्छ।

धेरै अन्तर्देशीय कम्पनीहरूकाअनुसारउनीहरूका लागि चीन एक महत्वपूर्ण बजार होविश्वको आपूर्ति श्रृंखलाको स्थिरतामा अभाव हुन नसक्ने साझेदार हो र नवप्रवर्तन शक्ति उपलब्ध गराउने अनुसन्धान आधार क्षेत्र हो।

सन् २०२४ नोभेम्बर महिनामा चीन र अमेरिकाका राष्ट्रानायकहरूको भेटवार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले हालैका वर्षहरू यता चीन र अमेरिकाको आवतजावतको सात सूत्रीय अनुभवको निचोड निकाल्नुभयो। यसले चीन र अमेरिकाको सम्बन्धको भावी विकासका लागि दिशा निर्देशन गर्यो।

चीन र अमेरिकाले इतिहासजनताविश्वका लागि जिम्मेवार गर्नुपर्छपारस्परिक हित र सहकार्य गर्नुपर्छ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button