अमेरिकी इन्टर्नेट प्रयोगकर्ताहरूद्वारा एप श्याउ हुङ शुको डाउनलोड गरिएका र खाताको दर्ता

हालैका दिनहरूयता चीनको एक एप श्याउ हुङ शु अमेरिकामा ज्यादै लोकप्रिय भएको छ। जनवरी ८ देखि १४ तारिखसम्म अमेरिकाको मोबाइल एप्लिकेशनमा श्याउ हुङ शुको डाउनलोड मात्रामा ७ दिनअघिभन्दा २० गुणाले बृद्धि भएको छ र सन् २०२४को सोही अवधिको तुलनामा ३० गुणाले बृद्धि भएको छ। अमेरिकी इन्टर्नेट प्रयोगकर्ताहरूले चिनियाँ इन्टर्नेट प्रयोगकर्ताहरूसँग हार्दिक आदान–प्रदान गरेका छन्।
अमेरिकामा श्याउ हुङ शु लोकप्रिय भएको कारणबाट हेर्दा चीन र अमेरिका यी दुबै जनताहरूले एक अर्कालाई समझदारी गर्ने र पारस्परिक रुपमा आदान–प्रदान गर्ने इच्छा छ। अमेरिकी केही राजनीतिज्ञहरूले चीनको विकासमा अवरोध गरेर चीनको छविमा हिलो छ्यापेका छन्। गैर–सरकारी आवत–जावतको इच्छामा अवरोध गर्न सकिँदैन।
सन् २०२४ नोभेम्बर चीन र अमेरिकाका राष्ट्रानायकहरूको भेटवार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले विगत चार वर्षमा चीन र अमेरिकाको सम्बन्धको विकासबारे सात सूत्रीय अनुभवको निचोड निकाल्नुभएको थियो।

हाल चीन र अमेरिकाको साझा प्रयासमा दुई मुलुकबीचका केही क्षेत्रहरूको आदान–प्रदान र सहयोग स्थिर बनेको छ। सन् २०२४मा करीब १५ हजार जना अमेरिकी युवायुवती र किशोरकिशोरीले आदान–प्रदान र अध्ययन गर्न चीन यात्रा गरे।
हाल दुई मुलुकका जनताहरूको कारवाहीबाट चीन र अमेरिकाको सम्बन्धको ढोका जनताद्वारा खोलिएको छ। यो ढोका खोलिएपछि बन्द हुने छैन।
CRIU





