चीनको अर्थतन्त्र स्थिरताका साथ अगाडि बढ्दै

नयाँ वर्षमा डाउ कम्पनीले चीनको बजारमा निरन्तर रुपमा विकास गर्नुका साथै वृद्धिको नयाँ शक्तिलाई विस्तार गर्ने छ। जनवरी १७ तारिख चीनले सन् २०२४ मा चीनको राष्ट्रिय अर्थतन्त्रको तथ्यांक सार्वजनिक गरेपछि अमेरिकी डाउ कम्पनीअन्तर्गत ग्रेटर चाइनाका अध्यक्ष चु छङयीले उक्त कुरा बताउनुभएको हो। प्रारम्भिक तथ्यांकअनुसार, सन् २०२४मा चीनको गार्हस्थ उत्पादनको कुल रकम १३४९ खर्ब ८ अर्ब ४० करोड चिनियाँ युआन पुगेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमानअनुसार, सन् २०२४मा विश्वको आर्थिक वृद्धि दर ३.२प्रतिशत भएको छ। यूरोपेली केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सन् २०२४मा यूरो क्षेत्रको आर्थिक बृद्धि दर ०.७प्रतिशत भएको छ। हाल विदेशी सञ्चार–माध्यमले नयाँ वर्षमा चीनको अर्थतन्त्रमाथि ध्यान दिएका छन् र चीनका धेरै क्षेत्रहरूले तोकेको आशावादी आर्थिक लक्ष्यले नयाँ वर्षमा चीन र विश्वको अर्थतन्त्रका लागि राम्रो सूचना ल्याउने ठहर लिएका छन्।
चीनको अर्थतन्त्रको स्थिरताले पनि विश्वको स्थिरतालाई बढाएको छ। चीनको अर्थतन्त्रको प्रगति विश्वको प्रगति हो।
CRI





