युक्रेन द्वन्द्व विस्तार भएर क्षेत्रीय युद्ध बन्न सक्ने रुबियोको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनमा जारी युद्ध अझ व्यापक र खतरनाक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने चेतावनी दिएका छन्। उनले युद्ध अहिले गतिरोधमा रहेको र यस्तो अवस्था जोखिमपूर्ण हुने बताए।
रुबियोका अनुसार गतिरोध अन्त्य हुने दुई सम्भावना छन्—दुवै पक्षले केही त्याग गरेर वार्तामार्फत शान्ति सम्झौता गर्ने वा युद्धलाई थप चर्काउने। द्वन्द्व चर्किएमा दुई देशबीचको युद्ध क्षेत्रीय संघर्षमा विस्तार हुन सक्ने उनको भनाइ छ।
उनले वार्ताबाट समाधान खोज्ने प्रयास जारी राख्ने पनि बताएका छन्।





