२३ आश्विन २०८३, शुक्रबार

अमेरिका–इरान अप्रत्यक्ष वार्ता जारी, सातदिने प्रस्तावमाथि छलफल

ड्रागन मिडिया समाचार कक्ष

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इरानका प्रतिनिधिबीच मध्यस्थमार्फत सन्देश आदानप्रदान भइरहेको बताएका छन्। उनका अनुसार वार्ता प्रक्रिया जारी छ।

अराघचीले इरानले ‘सातदिने योजना’ नाम दिइएको प्रस्ताव अघि सारेको र इरानी प्रतिनिधिहरूले त्यसबारे अमेरिकी पक्षको धारणा सुनेको जानकारी दिए।

तेहरानले अहिले अमेरिकी पक्षको धारणा अध्ययन गरिरहेको र केही दिनभित्र जवाफ दिने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button