२३ आश्विन २०८३, शुक्रबार

चिनियाँ नौसेनाको ४८औँ जलपोत सुरक्षा टोली मलेसियामा सद्भावना भ्रमणमा

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ जनमुक्ति सेनाको नौसेनाको ४८औँ जलपोत सुरक्षा टोली पाँचदिने सद्भावना भ्रमणका लागि बिहीबार मलेसिया पुगेको छ। टोलीको स्वागतमा मलेसियाली नौसेनाका प्रतिनिधि, मलेसियास्थित चिनियाँ दूतावास तथा वाणिज्य दूतावासका कर्मचारी, चिनियाँ व्यवसायी र त्यहाँ रहेका चिनियाँ समुदायका प्रतिनिधि सहभागी थिए। स्वागत समारोहमा मलेसियाली नौसेनाको सांगीतिक टोलीले धुन प्रस्तुत गरेको थियो।

भ्रमणका क्रममा दुवै पक्षले व्यावसायिक आदानप्रदान, जलपोत अवलोकनलगायतका गतिविधि गर्नेछन्।

निर्देशित क्षेप्यास्त्र विध्वंसक ताङ्शान, निर्देशित क्षेप्यास्त्र फ्रिगेट दाचिङ र समग्र आपूर्ति जहाज थाइहु रहेको टोलीले अक्टोबर २ देखि ४ सम्म सिङ्गापुरमा प्राविधिक विश्राम गरेको थियो। त्यस क्रममा उपकरण मर्मत र सामग्री पुनःपूर्ति गरिएको सिन्ह्वाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button