२३ आश्विन २०८३, शुक्रबार

पुरानो रिसइबीमा चक्कु प्रहार, एकको मृत्यु; एक गम्भीर घाइते

ड्रागन मिडिया सम्वाददाता

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५, सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी छन्। घाइते २५ वर्षीय इम्तियाज राइनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उपचारकै क्रममा साफीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरीले पुरानो रिसइबीका कारण दुवै जनामाथि छाती र पेटमा धारिलो हतियार प्रहार भएको जनाएको छ। घटनामा संलग्न भएको आरोपमा २२ वर्षीय मोहम्मद इर्साद खानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button