२३ आश्विन २०८३, शुक्रबार

रुस–इरान सम्बन्ध सबै क्षेत्रमा विस्तार हुँदै : इरानी राष्ट्रपति

ड्रागन मिडिया समाचार कक्ष

अक्टोबर ८, तास। रुस र इरानबीचको सम्बन्ध सबै क्षेत्रमा विस्तार भइरहेको र त्यसलाई अझ अघि बढाउन दुवै देशसँग राजनीतिक इच्छाशक्ति रहेको इरानी राष्ट्रपति मसुद पेजेशकियानले बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीआईएस शिखर सम्मेलनको अवसरमा पेजेशकियानसँग भेट गरेका थिए। भेटका क्रममा पेजेशकियानले व्यापार, अर्थतन्त्र र मानवीय क्षेत्रमा द्विपक्षीय सम्बन्ध उकालो लागिरहेको बताए। “हामी सम्बन्धको विकासप्रति आभारी छौँ। अहिले यो लगभग सबै क्षेत्रमा अघि बढिरहेको छ। सम्बन्ध उकालोमा छ र यसलाई अझ विकसित गर्न हामीसँग पर्याप्त राजनीतिक इच्छाशक्ति छ,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button