२३ आश्विन २०८३, शुक्रबार

डलरको विनिमयदर फेरि बढ्यो, युरो र पाउन्ड पनि महँगिए

ड्रागन मिडिया सम्वाददाता

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा तोकेको छ। बिहीबारको तुलनामा दुवै दर एक पैसा बढेका हुन्।

युरोको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा कायम भएको छ। बेलायती पाउन्डको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा छ। स्विस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ तोकिएको छ।

अस्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा तथा क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ५०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ५०३ रुपैयाँ ५२ पैसा तोकिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button