२३ आश्विन २०८३, शुक्रबार

जडीबुटी संकलन गर्न गएका मुगुका दुई जनाको मृत्यु, शव ल्याउन २२ घण्टा

ड्रागन मिडिया सम्वाददाता

हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलन गर्न गएका मुगुका दुई जनाको मृत्यु भएको छ। मुगुम कार्मारोङ गाउँपालिका–९ का अङ्कबहादुर रोकाया र ललितजंग बडुवाल ४ हजार ८ सय मिटर उचाइको मिमिले क्षेत्रमा मृत भेटिएका हुन्।

हिमपहिरोको सम्भावित जोखिम, प्रतिकूल मौसम र कठिन भूगोलका कारण शव ल्याउन चुनौतीपूर्ण भएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब २२ घण्टा लगाएर बिहीबार दुवै शव जिल्ला अस्पताल मुगु पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविराज थापाले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button