२३ आश्विन २०८३, शुक्रबार

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ खिच्ने

ड्रागन मिडिया सम्वाददाता

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले दुई महिनाका लागि ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा भाग लिन पाउनेछन्। न्यूनतम १० करोड रुपैयाँबाट सुरु हुने बोलकबोल ५ करोड रुपैयाँले भाग जाने रकममा गर्न सकिनेछ। कुल बोलकबोल रकम ७० अर्ब रुपैयाँभन्दा बढी हुन पाउने छैन।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। यसको साँवा र ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिनेछ। बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम संकलन गरी बजारमा उपलब्ध अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button